×
Lagani
Lagani Shiksha gif
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल



प्योङयाङ, २४ साउन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सन् २०२२ देखि २०२५ को अवधिमा करिब २२ अर्ब डलर वैदेशिक राजस्व संकलन गरेका छन्, जुन उनले आफ्नो १५ वर्षको शासनकालमा प्राप्त गरेको सबैभन्दा ठूलो रकम हो।

 

Lagani Shiksha gif
sharehubapk कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल

ब्लूमबर्ग इकोनोमिक्सको व्यापारिक तथ्याङ्क तथा गुप्तचर विश्लेषण अनुसार यो ऐतिहासिक आम्दानी संयुक्त राष्ट्र संघको कडा आर्थिक प्रतिबन्धहरूका बाबजुद पनि सम्भव भएको हो।

 

यो परिणाम उत्तर कोरियाले अघिल्लो चार वर्षमा जम्मा गरेको रकमको तुलनामा झन्डै चार गुणा बढी हो।

 

यस अकस्मात प्राप्त वित्तीय बूमका मुख्य कारणहरू र यसका प्रभावहरू बारेमा जानकारी दिने काम गरिएको छ। खासमा उत्तर कोरियाले यो तहको राजस्व संकलन अर्थात आम्दानीका प्रमुख स्रोतहरूससँगको सैन्य साझेदारी प्रमुख रहेको जनाएको छ। 

 

ब्लुमबर्ग इकोनोमिक्सका अनुसार उत्तर कोरियाको कुल आम्दानीको सबैभन्दा ठूलो हिस्सा अर्थात करिब १४ अर्ब अमेरिकी डलर रुससँगको सैन्य सहयोगबाट आएको हो। युक्रेन युद्धमा रुसलाई मद्दत गर्न उत्तर कोरियाले करिब ५० प्रतिशत आवश्यक १२२ एमएम र १५२ एमएम तोपका गोलाहरू, ब्यालिस्टिक मिसाइलहरू र रकेट प्रणालीहरू आपूर्ति गरेको थियो।

 

साथै, सेना परिचालनवाट पनि किम जोङ उनले राम्रो आम्दानी गरेका छन । युक्रेनसँग युद्द गरिरहेको रुसको सेनासँगै अग्रपंक्तिमा सहयोग गर्न १६ हजार देखि २२ हजार सम्म उत्तर कोरियाली सैनिकहरू पठाएका छन्, जसबापत मस्कोले प्रति सैनिक मासिक करिब २ हजार डलर भुक्तानी गरिरहेको छ। जसका कारण उत्तर कोरियाले मनग्गे आम्दानी गर्न सफल भएको हो ।

 

त्यसो त क्रिप्टोकरेन्सी चोरीवाट पनि उत्तर कोरियाले राम्रो आम्दानी गरिरहेको पश्चिमा मिडियाले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीबाट पूर्ण रूपमा विच्छेद गरिए पछि उत्तर कोरियाली गुप्तचर निकायहरूले साइबर आक्रमण तीव्र पारिरहेका छन्। हाल विश्वभरि हुने कुल क्रिप्टोकरेन्सी चोरीको ७० प्रतिशत भन्दा बढी हिस्साका लागि उत्तर कोरियाली ह्याकरहरू जिम्मेवार मानिने गरिएको छ। यसवाट पनि उत्तर कोरियाले लाखौं डलर आम्दानी गरिरहेको छ । 

 

साथै, चीनसँगको व्यापारवाट पनि उसले राम्रै आम्दानी गरिरहेको छ । राष्ट्र संघ र अमेरिका निकट पश्चिमा राष्ट्रहरूको कडा प्रतिबन्धका बीच पनि चीनले उत्तर कोरियाको अर्थतन्त्रलाई आवश्यक इन्धन र कच्चा पदार्थहरू आपूर्ति गरेर प्रमुख व्यापारिक साझेदारको भूमिका निभाउँदै आएको छ, जसका कारण उत्तर कोरियाको आम्दानी बढनु अस्वभाविक मानिदैँन् ।

 

जसका कारण भू–राजनीतिक र सैन्य प्रभाव र परमाणु हतियारको आधुनिकीकरणले पनि उत्तर कोरियाली सरकारको राजश्वमा रकम थपिरहेको छ । यो नयाँ आर्थिक स्रोतलाई किम जोङ उनले आफ्नो परमाणु हतियार र क्षेप्यास्त्र कार्यक्रमलाई अझ बलियो र आधुनिक बनाउन प्रयोग गरिरहेका छन्।

 

रुसी प्रविधि हस्तान्तरण पनि उसको आम्दानीको स्रोत बनिरहेको छ । हतियार र सैनिकको बदलामा रुसले उत्तर कोरियालाई अत्याधुनिक सैन्य प्रविधि जस्तै ‘प्यान्टसिर–एम’ वायु रक्षा प्रणाली र स्ट्राइक ड्रोन प्रविधि हस्तान्तरण गरेको छ, जसले उत्तर कोरियाको हतियार विकासको गतिलाई तीव्र बनाएको छ। जो उसले रूसलाई बेचिरहेको छ । 

 

कूटनीतिक एक्लोपनको अन्त्य भएसँगै यो आर्थिक वृद्धि देखिएको हो  ।  उत्तर कोरियाका लागि चीन, रुस र इरान सम्मिलित ‘क्रिंक’ गठबन्धनको बलियो हिस्सा बन्दै कूटनीतिक रूपमा अगाडि आएको छ। यस वित्तीय तथा सैन्य साझेदारीले उत्तर कोरियाली सरकारलाई पछिल्लो ३५ वर्षयताकै सबैभन्दा शक्तिशाली र सुरक्षित स्थितिमा पुर्‍याएको छ।

 

यसले गर्दा अमेरिका र उसका सहयोगी राष्ट्रहरूले लगाएका आर्थिक प्रतिबन्धहरू पूर्ण रूपमा निष्प्रभावी बन्न पुगेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस