×
Lagani
Lagani Shiksha gif
तीनजनाभन्दा धेरै कर्मचारी नखटाउन नेपाल धितोपत्र बोर्डको निर्देशन



नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल (ब्रोकर), मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीनजनाभन्दा धेरै कर्मचारी नखटाउन निर्देशन दिएको छ ।

बोर्डले विज्ञप्तिमार्फत सूचना प्रविधिसम्बन्धी काम गर्न मात्रै कर्मचारी खटाउन र घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

Lagani Shiksha gif
sharehubapk तीनजनाभन्दा धेरै कर्मचारी नखटाउन नेपाल धितोपत्र बोर्डको निर्देशन

गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्बर उपलब्ध गराउनसमेत बोर्डले आग्रह गरेको छ ।

साना लगानीकर्ताले दैनिक घरखर्च चलाउन वा औषधोपचारका लागि शेयर बिक्री गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसार तत्काल सेवा उपलब्ध गराइ सहयोग गर्न पनि आग्रह गरेको छ ।

यस्तै कर्मचारीमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेशनमा बस्ने व्यवस्था गर्न र सरकार तथा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेश अनुसारको स्वास्थ्य मापदण्ड पालना गर्नसमेत बोर्डले आग्रह गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस