×
Lagani
Lagani Shiksha gif
महिला लघुवित्तको आइपियो यसै साता नेप्सेमा सुचिकृत हुने, ९३९ ओपनिङ्ग रेञ्ज हुन सक्ने



महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुने भएकाे छ ।लघुवित्तले शेयर रजिष्टारको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाइ नियुक्त गरेको छ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज, नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरू गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरिएको हो।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले केही समयअघि मात्र सर्बसाधारणको लागि धितोपत्र निस्कासन तथा बिक्रि गरेको थियो।लघुवित्तको सेयर नेप्सेमा सूचीकृत हुनभने अझै बाँकी छ । नेप्सेमा सुचिकृत भएपछी दोस्रो बजारमा कारोबार हुने छ।

Lagani Shiksha gif
sharehubapk महिला लघुवित्तको आइपियो यसै साता नेप्सेमा सुचिकृत हुने, ९३९ ओपनिङ्ग रेञ्ज हुन सक्ने

नेप्सेले कुनै पनि कम्पनीको ओपनिङ्ग रेञ्ज नेटवर्थको तीन गुणासम्म ताेक्ने भएकाले लघुवित्तको ओपनिङ्ग रेञ्जन्युनतम ३१३ रूपैयाँ देखि अधिकतम ९३९ रुपैयाँ हुने सम्भावना रहेको छ।

Screenshot 2021 03 07 141854 महिला लघुवित्तको आइपियो यसै साता नेप्सेमा सुचिकृत हुने, ९३९ ओपनिङ्ग रेञ्ज हुन सक्ने

आज अथवा भाेलि भित्रमा उक्त आईपीओ लगानीकर्ताकाे खातामा जम्मा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे कम्पनीको उक्त शेयरमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।

माग भन्दा धेरै आवेदन परेकाे हुनाले ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा १० कित्ताको दरले बाडफाड गरेको थियो भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनालाइ निरास बनाएको थियो।महिला लघुवित्तले आइपिओ निष्काशन तथा बिक्री गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेकोमा नेपाल धितोपत्र बोर्डले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस