आइतबार र सोमबार शेयरमूल्यमा सकारात्मक सर्किट लागेको युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको मंगलवार पनि शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको केहिबेरमा कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१८ दशमलव ३० पुगेको छ ।
सोमबारपनि कम्पनीको शेयरमूल्य आइतबारको तुलनामा १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. ८३४ दशमलव ९० पुगेको थियो । समाचार तयार पर्दा सम्म मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५१ हजार ४७३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















