सन् २००४ को ४ फेब्रुवरीमा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो ।
सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू, एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्। वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशमा प्रयोगमा छ ।
सामाजिक नेटवर्क सेवा फेसबुकका १ अर्ब भन्दाबढी सक्रीय कार्यकर्ता छन् । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्।
१२ वर्षको उमेरमा नै उनले जुकनेट नामक कम्युटर प्रोग्राम बनाउन भ्याई सकेका थिय । त्यसबेला उनको त्यो प्रोग्राम उनका बुबाको दाँतसम्बन्धी अस्पतालका लागि बिरामीहरुको तथ्याङ्क राख्न प्रयोग गरिन्थ्यो ।
हाडवर्ड विश्वविद्यालयमै रहँदा उनले आफ्ना सहपाठीहरुलाई ‘हट अर नट’ गेमका लागि सन् २००३ मा एउटा कम्युटर प्रोग्राम बनाएका थिए । जसमा प्रयोगकर्ताले एक अर्काको अनुहार भएको तस्बीर हेरेर आकर्षक भए/नभएको सङ्केत दिने र रेटिङ्ग गर्ने शैलीमा हट अर नट गेम खेलिने भएकाले उनले त्यो प्रोग्रामलाई ‘फेसम्यास’ नाम दिएका थिए ।
पछि सन् २००४ को फेब्रुअरी महिनामा उनले हाडवर्ड विश्वविद्यालयमा आफ्ना सहपाठीहरुलाई आफ्नै प्रोफाइल बनाउन मिल्ने, अरु साथिहरुसँग कुराकानी गर्न सकिने तथा फोटोहरु अपलोड गरी अर्काले मन पराउने शैलीमा अर्को प्रोग्राम बनाएका थिए । उनले हाडवर्ड विश्वविद्यालयका केही साथीहरुका लागि भनेर बनाएको उक्त प्रोग्रामलाई उनले ‘द फेसबुक’ को नाम दिएका थिए ।
यससँगै उनले फेसबुकलाई आइभी लिगका अन्य विश्वविद्यालय तथा कलेजहरुमा पनि विस्तार गर्दै लगे । यसअनुसार फेसबुकको लोकप्रियता हाडवर्डमात्रै नभई अन्य विश्वविद्यालयमा पनि लोकप्रिय बन्दै गयो । सन् २००४ को अन्त्यसम्म फेसबुकका प्रयोगकर्ता १० लाख पुगीसकेका थिए ।
सन् २००५ को अगष्ट महिनामा उनले फेसबुक डट कम नामक वेब एड्रेस २ लाख अमेरिकी डलरमा खरिद गरेपछि अमेरिकाबाहिरका मुलुकमा रहेका शैक्षिक केन्द्रहरुमा पनि चर्चित बन्न पुगिसकेको थियो । यसअघि विद्यार्थीले मात्र फेसबुकमा आफ्नो प्रोफाइल बनाएपनि सन् २००६ को सेप्टेम्बर महिनाबाट इमेल भएका जो कोहीले पनि फेसबुकमा प्रोफाइल बनाउन सक्ने भए ।
सन् २०१२ मा फेसबुकले सार्वजनिक रुपमा शेयर विक्री गर्यो ।शेयर विक्री गरेपछि हाल जुकरबर्गसँग फेसबुकको १५ प्रतिशत मात्र शेयर छ । तरपनि प्रमुख कार्यकारीका रुपमा उनले फेसबुकलाई अगाडि बढाइरहेका छन् ।







