साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ।
यस दिन नेप्से सूचक १९.२९ अंकले बढेर २८९१.३४ विन्दुमा आइपुगेको छ । सूचक १९ अंकले बढ्दा साढे ६ अर्ब बढीको शेयर खरिदबिक्री भएको छ। २ कम्पनीको बजार मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन सामान्य करेक्सन भएको बजार मंगलबार पनि पहिलो प्रहरमा केही करेक्सनमा गएको थियो ।
दोहोरो
कूल २२३ वटा कम्पनीकाे एक कराेड २१ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार साढे ६ अर्ब बढीको शेयर कारोबार भएको हो। यस दिन ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ३९ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र अपि पावर परेका छन् । १३ मध्ये १० समूहका सूचक वृद्धि भएका छन् ।
मंगलबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभुमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेश्नल हाइड्रोपावरको ७.५० प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ७.२५ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ५.९५ प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशतले बढेको छ।
यस दिन नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ३.१७ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय २० रूपैयाँमा झरेकाे छ ।











