×
Lagani
Lagani Shiksha gif
यस वर्षको एसईई परीक्षा आगामी वैशाखमा हुने



यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेपछि विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्ने दुबिधामा रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन हुने स्पष्ट पारेको हो ।

Lagani Shiksha gif
sharehubapk यस वर्षको एसईई परीक्षा आगामी वैशाखमा हुने

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र त्यसका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिनुभयो ।

परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु नपर्ने भन्दै उहँले विद्यार्थीलाई तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले वैशाखमा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने पनि बताउनुभयो ।

आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले पनि सो महिनामा एसईई सञ्चालन गर्न समस्या देखिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस