आज भोलि बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला नयाँ बीमा कम्पनी संचालन गरि आइपियो निस्कासन गर्ने तयारी भएको छ । तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई आईपीओ निस्कासन गर्ने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी भएको छ । तिन अर्बको आइपियो निस्कासन गर्ने प्रस्ताब सहित काठमाडौं रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी ल्याउने अन्तिम तयारी भएको हो ।
कम्पनीमा ७० प्रतिशत संस्थापकबात लगानी हुनेछ । त्यसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत तर्फबाट लगानी हुनेछ । वाँकी ३० प्रतिशतको लागि सर्वसाधारणलाई शेयर निष्काशन गर्नेछ छ ।
उक्त कम्पनीको अधिकृत पूँजी २० अर्ब रुपैयाँ,जारी पूँजी १० अर्ब रुपैयाँ रहने प्रस्ताव गरिएकाे छ । कम्पनीको तत्काल चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहने छ भने सर्वसाधरणलाई ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गरेर कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याउने तयारी छ ।
बीमा समितिका पूर्व अध्यक्ष शाहसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको पहलमा नयाँ कम्पनीको दर्ता प्रक्रिया अघि बढेको छ ।















