नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ ।
साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् ।
सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।
उनले यसै महिनाबाट विद्युत् उत्पादन गर्ने तयारी गरे पनि बाढी र कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन गर्ने मिति पछाडि धकेलिएको बताए । पछिल्लो तालिकाअनुसार आयोजनाको सबै काम पूरा गरेर असार ०७९ भित्र उत्पादन सुरू गर्ने लक्ष्य छ ।
गत असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएसँगै बाँध क्षेत्र पुनर्निर्माण भइरहेको छ । बाढीपहिरोले बाँध क्षेत्रसम्म पुग्ने पहुँच मार्ग समेत बगाएकाे थियाे ।
यस्तै, एक हजार एक सय मिटर पेनस्टक पाइप जडान पनि भइरहेको छ । उपकरण जडान पूरा गरी आगामी जेठमा परीक्षण गर्ने लक्ष्य रहेको कम्पनीका प्रबन्ध निर्देशक केशव रायमाझीले बताए ।
सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिदा खर्च बढ्ने प्रोजेक्ट डाइरेक्टर गौतमले बताए । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ वटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनाको २०७२ सालमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको हो ।
















