×
Lagani
Lagani Shiksha gif
हिमालयन डिष्टिलरीकाे लाभांश घोषणा , लगानीकर्ता हुनेभए मालामाल।



हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Lagani Shiksha gif
sharehubapk हिमालयन डिष्टिलरीकाे लाभांश घोषणा , लगानीकर्ता हुनेभए मालामाल।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभामा सञ्चालक सदस्यको निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीको नाममा दर्ता कायम रहेको ब्लु ओक नामक ट्रेडमार्क प्रयोग गरी अन्य उद्योगबाट समेत उत्पादन तथा बिक्री वितरण गर्ने सम्झौता स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले १६ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, १५ पुससम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस