आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत साउन १६ गतेदेखि ३१ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा सार्वजनिक गरेको छ।
विभागले सार्वजनिक गरेको नतिजाअनुसार यस अवधिका लागि १६ जना दैनिक पुरस्कार विजेता र एक जना बम्पर पुरस्कार विजेता छनोट भएका छन्। यस पटकको १० लाख रुपैयाँको बम्पर पुरस्कारको विजेता कुपन नम्बर ०२६८८८९७९०३९ रहेको छ। उक्त कुपन गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताको रहेको जनाइएको छ। बम्पर पुरस्कारमा २५ प्रतिशत कर लाग्ने भएकाले विजेताले कर कट्टीपछि ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
दैनिक पुरस्कारका विजेता कुपन नम्बर
विभागले सार्वजनिक गरेको विवरणअनुसार साउन १६ देखि ३१ गतेसम्मको योग्य कारोबारबाट निम्न कुपन नम्बरहरू दैनिक पुरस्कारका लागि छनोट भएका छन्।
१. ०३०३४२२७९९५६
२. ०१९२५६५१०९२५
३. ०२६१४४५१५००५
४. ०३१७९९९३५०८२
५. ०१७७६६१०७००५
६. ०१८१२८७५९४०९
७. ०२४६७३१७१९०४
८. ०२११८४०००६५३
९. ०२३८५६८८५३७०
१०. ०२५३५७३३१९४१
११. ०२२४५८०९६६६८
१२. ०१६६६७२९०१४६
१३. ०२००३७२८३७४७
१४. ०२९१८४६२२६६५
१५. ०२७७११४८७१४५
१६. ०२८६५७७७५४५९
दैनिक पुरस्कारका प्रत्येक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन्। २५ प्रतिशत कर कट्टीपछि विजेताको हातमा १ लाख रुपैयाँ पर्नेछ।
बम्पर विजेता
कुपन नम्बर: ०२६८८८९७९०३९
बम्पर पुरस्कार: १० लाख रुपैयाँ
खरिद गरिएको स्थान: गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर
खरिद रकम: ३५० रुपैयाँको सामान
पुरस्कारका लागि योग्य कारोबार अवधि वि.सं. २०८३ श्रावण १६ गतेदेखि श्रावण ३१ गतेसम्म रहेको थियो। विभागले सार्वजनिक गरेको विवरणअनुसार पुरस्कार दाबी गर्ने अन्तिम समय वि.सं. २०८३ भाद्र १६ गते दिउँसो ३:२९ बजेसम्म रहेको छ।
यस अवधिमा करदाता प्रोत्साहन पुरस्कार योजनामा ठूलो संख्यामा उपभोक्ता सहभागी भएका थिए। साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि अपलोड भएका थिए। यस्तै, क्यूआर कारोबारमार्फत स्वतः सहभागी भएका कारोबारसमेत जोड्दा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको थियो।
यस पटक ३५० रुपैयाँको सामान्य खरिदबाटै १० लाख रुपैयाँको बम्पर पुरस्कार जितिएपछि करदाता प्रोत्साहन पुरस्कारप्रति उपभोक्ताको चासो थप बढ्ने देखिएको छ।













