×
Lagani
Lagani Shiksha gif
सामान्य अंकले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भए मालामाल



साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ ।

बुधबार सेयर बजार चार दशमलव २३ अंकले घटेर दुई हजार चार सय १४ दशमलव ६२ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो  बजारमा २२८ वटा कम्पनीको ९८ लाख कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक छ । बैंकले १६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ ।

Lagani Shiksha gif
sharehubapk सामान्य अंकले घट्यो नेप्से , यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्सेका अनुसार ९० वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सातवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । बैंक, माइक्रोफाइनान्स, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टिप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनीलगायतको सेयर मूल्य बढेको छ । त्यस्तै, सबैभन्दा मूल्य घट्ने कम्पनीहरूमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्सलगायत छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस