×
Lagani
Lagani Shiksha gif
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न अनुमति नदिइने



वर्षायाममा सडक खन्ने कार्यले सडकको अवस्था थप बिग्रिने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न अनुमति नदिइने भएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलले शनिबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

Lagani Shiksha gif

कार्यालयका अनुसार वर्षायाममा धारा, ढल, विद्युत्, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खनेपछि तत्काल मर्मत सम्भार गरी पूर्वावस्थामा ल्याउन कठिन हुने र यसले सडकमा थप क्षति पुर्‍याउने भएकाले यो निर्णय गरिएको हो ।

सूचनामा असार १ गतेदेखि भदौ मसान्तसम्म कार्यालयअन्तर्गतका सडक डिभिजनहरूको कार्यक्षेत्रमा पर्ने कुनै पनि सडक खन्न स्वीकृति नदिइने उल्लेख गरिएको छ ।

त्यस्तै, अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ । कार्यालयले सडक संरक्षण र सुरक्षित आवागमनका लागि सबै सरोकारवाला तथा सर्वसाधारणको सहयोगको अपेक्षा गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस