×
Lagani
Lagani Shiksha gif
साउनदेखि राष्ट्रिय परिचय नम्बरबिना डिम्याट खाता नखुल्ने



काठमाडौं, २४ जेठ । साउन १ गतेदेखि राष्ट्रिय परिचय नम्बरबिना नयाँ डिम्याट खाता खोल्न नपाइने भएको छ। पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित सिडिएस एण्ड क्लियरिङले यस्तो व्यवस्था लागू गर्न लागेको हो।

कम्पनीले जारी गरेको सूचनाअनुसार जेठ १३ गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार अब नयाँ हितग्राही (डिम्याट) खाता खोल्ने तथा विद्यमान खाताको केवाईसी विवरण अद्यावधिक गर्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।

Lagani Shiksha gif

यस व्यवस्थासँगै पूँजीबजारको लगानीकर्ता अभिलेख राष्ट्रिय परिचय प्रणालीसँग जोडिने भएको छ। सिडिएसका अनुसार पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै लगानीकर्ताको विवरणलाई एकीकृत र अद्यावधिक राख्न चुनौती थपिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय परिचय नम्बरलाई डिम्याट प्रणालीमा आबद्ध गर्न लागिएको हो।

सिडिएसले राष्ट्रिय परिचय नम्बरको प्रयोगबाट एक व्यक्तिका नाममा दोहोरो खाता खोल्ने, त्रुटिपूर्ण विवरण राख्ने तथा पहिचानसम्बन्धी अन्य समस्या नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिएको छ। यसले लगानीकर्ताको विवरण प्रमाणीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै पूँजीबजारको डिजिटल पूर्वाधारलाई समेत सुदृढ गर्ने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थापछि डिम्याट खाता खोल्न चाहने तथा आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। सिडिएसले समयमै आवश्यक विवरण अद्यावधिक गर्न लगानीकर्तालाई आग्रह गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस