तौलिहवा, २३ जेठ । पूर्व सांसद तथा नेकपा एमाले नेता मङ्गलप्रसाद गुप्ताको निधन भएको छ।
भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हो । स्वर्गीय गुप्ताका श्रीमती र चार छोरा छन्।
कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित भएका पुर्व सांसद गुप्ताको बुधवार अन्तेष्टी गरिने एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिए ।
८० वर्षका गुप्ता २०३९ सालदेखि नै संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा पनि पटक–पटक निर्वाचन लडेका गुप्ताले पछिल्लो पटक २०७९ सालको निर्वाचनमा भने कपिलवस्तु क्षेत्र नं. ३ बाट एमालेका तर्फवाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए।
गुप्ताको पार्थिव शरीर मंगलबार मात्र कपिलवस्तुको कृष्णनगर ल्याइने र बुधबार अन्त्येष्टि गरिने तयारी रहेको एमाले जिल्ला अध्यक्ष खनालले बताए।















