×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो सोपान फर्मास्युटिकल्सको आईपीओ, कति दिने आवेदन ?



सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला भएको छ।

कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत हिस्सा बराबर सेयर निष्कासन गर्दै दोस्रो चरणको सार्वजनिक निष्कासन सुरु गरेको हो। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको निष्कासन गरी बाँडफाँट समेत सम्पन्न गरिसकिएको छ।

Lagani Shiksha gif

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको आधारमा कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसमध्ये १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणमा खुला गरिएको छ।

यस आईपीओमा लगानीकर्ताले प्रति कित्ता १०० रुपैयाँ दरमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदनका लागि मिति अनुसार छिटोमा वैशाख ८ गतेसम्म समय तोकिएको छ। यदि सो अवधिमा आवश्यक माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि विस्तार गरी वैशाख १७ गतेसम्म खुला राखिने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि पहिलो चरणमा चैत ९ देखि १२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता सेयर निष्कासन गरेको थियो, जसको बाँडफाँट चैत १७ गते सम्पन्न भएको थियो।

नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। सोपान फर्मास्युटिकल्सले औषधि उत्पादन तथा वितरण क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्यले सर्वसाधारणबाट पूँजी संकलन गर्न लागेको जनाएको छ। संकलित रकम बैंक ऋण भुक्तानी, चालु पूँजी व्यवस्थापन तथा नयाँ परियोजना विस्तारमा प्रयोग गरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस