×
शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट हुदै , कसरी हेर्ने नतिजा ?



शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड मिति नजिकिएको छ।

कम्पनीको आईपीओ चैत ३ गते मंगलबार बाँडफाँड गर्ने तयारी गरिएको जानकारी बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको छ। कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आवेदन खुला गरिएको थियो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। आवेदन सी–आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाका शाखा तथा सीडीएससीको ‘मेरो सेयर’ प्रणालीमार्फत गरिएको थियो।

प्राप्त आवेदनको आधारमा गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ८४ हजार २६० जना लगानीकर्ताले १०/१० कित्ता सेयर प्राप्त गर्नेछन्। माग अत्यधिक भएको कारण बाँकी आवेदकले भने सेयर पाउने छैनन्।

आईपीओको नतिजा बाँडफाँड भएपछि मेरो सेयर तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस