×
Lagani
Lagani Shiksha gif
आईपियो निष्काशन गर्दै स्काईलाइन इन्फ्रा , बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज नियुक्त



स्काईलाइन इन्फ्रा लिमिटेड (SIL) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) को लागि हिमालय सेक्युरिटिज बैंकर्स लिमिटेड (HSBL) लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सम्झौता दुबै कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो। सम्झौतामा स्काईलाइन इन्फ्राका संस्थापक राजेश अग्रवाल, सत्यनारायण केयाल, सुभाष अग्रवाल (राजेश हार्डवेयर प्रा.लि.), प्रमोटर बिनोद श्रेष्ठ, अध्यक्ष प्रतिक अग्रवाल, संचालक आकृति अग्रवाल, अंकुर भंगर अग्रवाल तथा प्रमुख वित्तीय अधिकृत सञ्जय रौनियार सहभागी थिए। हिमालय सेक्युरिटिजतर्फ प्रमुख कार्यकारी अधिकृत सुभाष बी. श्रेष्ठ र उपमहाप्रबन्धक शंकर राजबहाकले हस्ताक्षर गरेका थिए। कार्यक्रममा बिरगंज महानगरपालिका–१० का वडाध्यक्ष सुसिलकुमार कानु, लेखा परीक्षक सिद्धान्त झुनझुनवाला र कानुनी सल्लाहकार कमलमोहन पोखरेल पनि उपस्थित थिए।

Lagani Shiksha gif

स्काईलाइन इन्फ्राको प्रमुख परियोजना बिरगंजको आदर्शनगरमा निर्माणाधीन १० तले अत्याधुनिक बहुउद्देश्यीय व्यापारिक कम्प्लेक्स हो। यसमा सरोभर पोर्टिको ब्रान्डअन्तर्गत ४ तारे होटल, वैवाहिक समारोह हल, अन्तर्राष्ट्रिय स्तरका रेस्टुरेन्ट, स्वीमिङ पूल, स्पा, क्यासिनो, QFX सिनेमाजस्ता प्रिमियम सुविधा रहनेछन्।

यस परियोजनाले व्यापार, आतिथ्य र मनोरञ्जनलाई एकै छानामुनि ल्याई बिरगंजको जीवनशैली तथा पूर्वाधारलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, यसले सीमावर्ती भारतीय राज्यका पर्यटकलाई पनि अन्तर्राष्ट्रिय स्तरका सेवा उपलब्ध गराई पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस