×
Lagani
Lagani Shiksha gif
साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू



काठमाडौ, ३० साउन । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ।

 

Lagani Shiksha gif

 नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिएका छन्।  

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्य गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दुताबास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिए।

 

श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरु आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सृजना हुनु मानविय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान सुरु गर्नु परेको जानकारी दिए ।

 

साउदी अरबसँग द्विपक्षिय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिदै मन्त्री भण्डारीले अवको सेवाहरु प्रविधिमा आधारित रहने जानकारी दिए। 

 

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्‍चित भएकोले दुताबासबाटै श्रम वैधानिकिकरण कार्य आवश्यक रहेको औल्याए।

 

राजदुत डा. ढकालले श्रम वैधानिकिकरण गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ संस्थाहरुको समन्वय र सहकार्यको लागि अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस