×
Lagani
Lagani Shiksha gif
एमाले सचिवालय बैठक बस्दैँ, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने



काठमाडौं, १ साउन । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।

च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

Lagani Shiksha gif
sharehubapk एमाले सचिवालय बैठक बस्दैँ, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।

 

प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बस्न लागेको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस