×
Lagani
Lagani Shiksha gif
बारा प्रहरीद्दारा फरार १२ प्रतिवादी पक्राउ



बारा, १६ असार।

बारा जिल्लाभर विभिन्न आपराधिक अभियोगमा लामो समयदेखि फरार रहेका १२ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

Lagani Shiksha gif

 

जिल्ला प्रहरी कार्यालय, बाराले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार,  असार १५ गते खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकीछिपी बसेका ती व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।

 

पक्राउ पर्नेहरूमा लागुऔषध गाँजासँग सम्बन्धित मुद्दा, बैदेशिक रोजगारी सम्बन्धी ठगी, वहुविवाह, सरकारी छाप कीर्ते, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, मानव बेचबिखन, र लेनदेन जस्ता विविध आपराधिक मुद्दामा संलग्न रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङ्गले न्युज कारखाना लाई बताएका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमा 

सन्तलाल दास (६०), पचरौता गाउँपालिका-३ – लागुऔषध (गाँजा) मुद्दा, 

कृष्ण प्रभात कुशवाहा (३१), सिम्रौनगढ नगरपालिका-६ – वैदेशिक रोजगार सम्बन्धी मुद्दा,

माला औसिदिन अंसारी (५५), सिम्रौनगढ-६ – वहुविवाह मुद्दा,

दिनानाथ न्यौपाने (६२), जीतपुरसिमरा-१४ – सरकारी छाप कीर्ते,

पदम कुमारी थापा मगर (६२), जीतपुरसिमरा-१४ – सरकारी छाप कीर्ते,

अजित राय (५५), जीतपुरसिमरा उपमहानगरपालिका-१३ – नागरिकता सम्बन्धी मुद्दामा रहेका छन्।

त्यसैगरी पुनदेव प्रसाद यादव (४२), महागढीमाई नगरपालिका-६ – ज्यान मार्ने उद्योग,

बिष्णु प्रसाद राउत कुर्मी (४०), परवानीपुर गाउँपालिका-५ – बैंकिङ कसुर,

महन्त राउत अहिर (६०), कलैया उपमहानरपालिका-१५ – कर्तव्य ज्यान मुद्दा,

मोताहिर मिया दर्जी (६९), कलैया-१३ – कर्तव्य ज्यान मुद्दा,

मोसलिम मिया धुनिया (४५), जीतपुरसिमरा-७ – मानव बेचबिखन तथा ओसारपसार,

अनुठा चौधरी (४६), बारागढी-५ – लेनदेन सम्बन्धी मुद्दामा रहेका छन्। पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत बारा तथा सम्बन्धित कार्यालयमा आज उपस्थित गराईएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

 

प्रहरीले यस्ता फरार अभियुक्तहरूको खोजी कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। जिल्ला प्रहरी कार्यालय, बाराले जनताको सुरक्षाका लागि कानूनी कार्यान्वयनमा कुनै पनि किसिमको सम्झौता नगरिने स्पष्ट पारेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस