×
सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुदैन- देउवा



नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् ।  सभपति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउदै यस मुद्धालाई यतिकै छोड्न नहुने बताएका हुन् । उनको भनाईलाई उदृत गर्दै एक नेताले भने- लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरु गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्धालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस