×
Lagani
Lagani Shiksha gif
त्रिभुवन विश्वविद्यालयको आईटी कोर्स (बिसीए): नेपालमै छैन मान्यता !



देशकै पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुले आईटी कोर्स भनेर पढाउने सेमेस्टर प्रणालीको बिसीएलाई नेपालकै सरकारी बैंकहरुले मान्यता नदिएको पाईएको छ।

क्याम्पसहरूले आईटी कोर्स भनेर प्रचार गरे पनि नेपाल राष्ट्र बैंकमा आवेदन दिदा उक्त कोर्सलाई मान्यता नदिएपछि यसको सच्चाइ बाहिर आएको हो। २०७४ सालदेखि सुरु भएको उक्त कोर्सको नाम ब्याचलर इन कम्प्युटर एप्लिकेसन रहे पनि त्रिभुवन विश्वविद्यालयले यसलाई मानविकी तथा सामाजिक शास्त्र संकाय भित्र राखेको हुदा देश तथा विदेशमा आईटीको मान्यता नपाएको जानकारहरु बताउँछन । विश्वविद्यालय आफैंले बनाएको परीक्षा क्यालेण्डर फलो नगर्दा ४ वर्षे भनिने उक्त कोर्स सकिन ६ वर्षसम्म लाग्ने गरेको छ।

Lagani Shiksha gif
sharehubapk त्रिभुवन विश्वविद्यालयको आईटी कोर्स (बिसीए): नेपालमै छैन मान्यता !

यो सुरु भएको धेरै बर्ष नभएको र २०७४ सालमा भर्ना भएकाहरुको नतिजा आएको पनि धेरै नभएको कारण यसको कमी कमजोरीहरु बाहिरिएको थिएन। पहिलो ब्याचको विद्यार्थीले बैंकको जागिरको लागि आवेदन दिदा यो कोर्सले मान्यता नदिए पछि यो तथ्य बाहिरिएको हो।

अन्य विश्वविद्यालयहरुले विज्ञान वा इन्जिनियरिङ संकायमा राखेको बिसीएलाई त्रिभुवन विश्वविद्यालयले भने मानविकी तथा सामाजिक शास्त्र भित्र राखेको छ। नेपालका विभिन्न सरकारी संस्थाले जागिर खोल्दा कम्प्युटर इन्जिनियर वा सो सरहको कम्प्युटर विषय लिई उत्तीर्ण गरेको हुनु पर्ने भनेर विज्ञापन खुलाउँदा अन्य विश्वविद्यालयका बिसीए उत्तीर्ण विद्यार्थीहरुले आवेदन दिन पाउछन् भने त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले पाउदैनन । लाखौ खर्च गरेर पनि जागिर खानको लागि आवेदन दिन नपाउँदा विद्यार्थीहरु चिन्तित छन् ।

विश्वविद्यालयले पाठ्यक्रम राम्रो बनाएर विद्यार्थी बढाएउनु भन्दा प्रश्नपत्र गाह्रो बनाएर बढी विद्यार्थी फेल गराएर पुनः परीक्षा गराएर आम्दानी बढाउन तिर लागेको भुक्तभोगीहरु बताउँछन् ।  नेपालकै सबै भन्दा ठुलो विश्वविद्यालयले लाखौ विद्यार्थीहरुको भविष्य अन्योलमा पारेको छ।

सबै विषय आईटी संग सम्बन्धित रहेको हुदा उक्त कोर्सलाई विज्ञान तथा प्रविधि संकायमा सार्नु पर्छ । यसको लागि न त कुनै विद्यार्थी संगठनले पहल गर्छन न त विश्वविद्यालय आफैले पहल गर्छ। जागिर खान नमिल्ने कोर्सलाई कि त विश्वविद्यालयले खारेज नै गर्नु पर्छ हैन भने प्रमाण पत्रमा मानविकी तथा सामाजिक शास्त्र भनेर उल्लेख गर्नु हुदैन।

 

bca course structure त्रिभुवन विश्वविद्यालयको आईटी कोर्स (बिसीए): नेपालमै छैन मान्यता !

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस