×
Lagani
Lagani Shiksha gif
सिटी होटेलले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



हायात प्यालेस होटलको प्रबर्द्धक कम्पनी सिटी होटेल लिमिटेडले साधारण शेयर(आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसमेत) जारी पुँजीको १० प्रतिशतले हुन आउने प्रति सेयर अंकित् मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने भएको हो।

Lagani Shiksha gif
sharehubapk सिटी होटेलले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

कम्पनीले आईपीओ निष्कासनको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच मंगलवार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

कम्पनीले मिति गत कात्तिक १५ गतेबाट काठमाण्डौ सोल्टीमोडमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा ल्याएको छ। उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदीलगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ।

अमेरिकामा रहेको ह्यात होटेल्स कर्पोरेसनको चेन ब्राण्डका रुपमा विश्वका विभिन्न देशहरुमा १ हजार वटाभन्दा बढी अन्तर्राष्ट्रियस्तरको ह्यात होेटलहरु स्थापना भई सञ्चालन भइरहेका छन्। सोही अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँचतारे होटेलका रुपमा विश्वस्तरीय सुविधाहरुसहित सञ्चालनमा आएको हो।

नियामक निकायको अनुमतिपछि कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १० प्रतिशत आईपीओ निष्कासन गर्ने छ  ।

1637673410.city hotel mou IPO सिटी होटेलले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

कम्पनी र क्यापिटल बीच भएको सम्झौता

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस