×
Lagani
Lagani Shiksha gif
भोली राष्ट्रिय शोक घोषणा , बिदा हुन्छ कि हुदैन ?



इजरायलमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोक घोषणा गरेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउनेछ । तर सार्बजनिक बिदा भने नभएको सरकारले स्पष्ट पारेको छ।

Lagani Shiksha gif

यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको श्रेष्ठले बताए। उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत् निकासा गर्ने निर्णय भएको हो।

हामासको आक्रमणमा परी दस जन नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। एक जना नेपाली भने सम्पर्कविहीन छन्।

@nepsebajarNepali Student #nepal #nepali #foryou #nepsebajar

♬ original sound – Nepse Bajar – Nepse Bajar

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस