×
Lagani
Lagani Shiksha gif
भारतले ६ ओभरमै जित्यो एसिया कप।



भारतले एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । योसँगै भारतले एसिया कप आठौं पटक जितेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो। जसलाई भारतले ६.१ ओभर खेल्दै भेट्टाएको हो।

Lagani Shiksha gif
sharehubapk भारतले ६ ओभरमै जित्यो एसिया कप।

भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे ।

कोलम्बोस्थित प्रेमादसा रंगशालामा जारी खेलको टस जितेर ब्याटिङमा आएको घरेलु टिम  १५.२ ओभरमा ५० रनमै समेटिएको थियाे ।

घरेलु टिमलाई सस्तैमा समेट्न भारतका सिराजले ६ विकेट लिए। सात ओभर बलिङ गरेका सिराजले एक मेडन राख्दै २१ रन खर्चिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सिराजको यो अहिलेसम्मकै उत्कृष्ट स्पेल हो। यसअघि उनले ३२ रन खर्चेर चार विकेट लिएका थिए।

श्रीलंकाविरुद्ध सिराजले चौथो ओभरमा चार, छैटौँ ओभर र १२औँ ओभरमा समान एक विकेट लिएका थिए। यसबाहेक, हार्दिक पन्ड्याले तीन विकेट लिँदा जसप्रित बुमराह एक विकेट लिए ।

भारतीय बलरसामु निरीह देखिएका श्रीलंकाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । कुशल मेन्डिसले १७ रन र दुसन हेमान्थाले १३ रन जोड्नु नै श्रीलंकन ब्याटरबाट बनेको दोहोरो अंकको रन बन्यो । श्रीलंकाका चार ब्याटर शून्यमा आउट भएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस