×
Lagani
Lagani Shiksha gif
घरघरमा संविधान बाँड्न सर्वोच्च अदालतको आदेश !



सर्वोच्च अदालतले हरेक नेपालीको घरमा नेपालको संविधानको प्रति बाँड्न सरकारका नाममा आदेश दिएको छ ।

अधिवक्ता विकास भट्टराईले २०७२ सालमा दर्ता गरेको रिटमा सुनुवाइ गर्दै  न्यायाधीशहरु  हरिप्रसाद फूयाल र सुष्मालता माथेमाको इजलासले हरेक घरघरमा संविधान बाँड्न परमादेश जारी गरेको हो ।

Lagani Shiksha gif
sharehubapk घरघरमा संविधान बाँड्न सर्वोच्च अदालतको आदेश !

‘यसअघिका संविधानहरु राजाको नामबाट जारी भएका थिए । यो संविधान नेपाली जनताले नै बनाएर जारी गरेको हो ,यो संविधानको प्रस्तावनामै नेपाली जनताले संविधान जारी गरेको भन्ने विषयवस्तु छ । अपनत्वका लागि पनि हरेक नेपालीको घरमा संविधान पुर्याउनुपर्छ भनेर रिट निवेदन लिएर गएको हुँ ।’अधिवक्ता भट्टराईले भने ।

अधिवक्ता भट्टराईले घरघरमा संविधान जारी गर्नुपर्छ भनेर माग राखी कानुन किताब व्यवस्था समितिलाई समेत मुद्दा हालेकोमा  समितिले सरकारले अनुदान दिएमा घरघरमा संविधान बाँड्न सकिन्छ भनेर लिखित जवाफ दिएको थियो । समितिले अहिले नेपालको संविधान १३० रुपैयाँमा वितरण गरिरहेको छ । २०७८ सालको जनगणना अनुसार, नेपालमा ५६ लाख ४३ हजार ९४५ घरधुरी छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
Chor neta
Guest
Chor neta
September 10, 2023 7:57 pm

Hawa haru, kaam lagni kura badnu xaina. Yo ta online rakhdiye vayo ta.

Toyanath Rijal
Guest
Toyanath Rijal
September 11, 2023 10:35 am

घरघरमा शम्बीधानबाडेर कल्ले पढ्नी युबा युबती बिदेश भएईए बुढा बुढी का आँखाले देख्दैन्न



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस