×
Lagani
Lagani Shiksha gif
भारतलाई नेपालको मध्यम लक्ष्य, आसिफ शेखको अर्धशतक



ओपनर आसिफ शेखको अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल जोडेको छ।

Lagani Shiksha gif
sharehubapk भारतलाई नेपालको मध्यम लक्ष्य, आसिफ शेखको अर्धशतक

आसिफले ५८ रन बनाएका थिए। भारतविरुद्ध नेपालका ओपनरद्वय आसिफ र कुशल भुर्तेलले उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावर प्लेमा भारतीय बलिङलाई दबाबमा राखेका थिए। तर, ९.५ ओभरमा कुशल भुर्तेल आउट भएपछि नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन।

भारतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए। कुशल पनि इनिङको पहिलो ओभरको छैटौं बलमा क्याच आउट हुनबाट बचेका थिए। मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौं बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे । १४४–६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्याएका थि । सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन जोडेका थिए।

गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे। नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन। आरिफ सेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रनमात्र थपे। सन्दीप लामिछानेले नौ रन बनाए। कुशल मल्ल दुई रन र ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण केसी दुई रनमा अविजित रहे।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन-तीन विकेट लिए। हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक-एक विकेट लिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस