GBIME 178 1 UHEWA 397.6 -3.4 NMB 178.1 -1.8 PHCL 292.5 -5.5 MNBBL 352 -2 LICN 1296 -3 GIBF1 8.42 0.1 SDLBSL 940 -32 RAWA 488 10 MMKJL 440 -10 NFS 534 -1 ICFCD83 1230 17 MKCL 864.9 10 CIZBD90 1026 -33 HDHPC 133.1 -0.5 NGPL 303.5 -6.3 JBLB 1388 8 SALICO 692.2 -12.8 NUBL 666 -5 AKJCL 207 -3 SPL 668 15 DDBL 720 -1.4 PMHPL 228 -1 HPPL 254.2 -8.7 EDBL 394.8 -0.1 SBLD2082 1071 21 JFL 510 -2.7 SAEF 9.9 -0.04 PBLD84 1031 -19 SAPDBL 327 -4 KMCDB 930 -30 JOSHI 310.6 -9.4 OHL 755 -43.6 NLICL 540 -9 GLH 205 -5 GLBSL 2139.3 -237.7 MERO 690 -3 NHDL 452.2 5.2 MMF1 7.17 -0.06 SPDL 235.1 -3.9
×
बीमा कम्पनीको चुक्ता पुँजी पु-याउने समय असार मसान्तसम्म



बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ ।

नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्‍याएको हो ।

यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही बैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।

‘विसं २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी २०८० असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ’, संशोधित निर्देशिकामा भनिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीका लागि रू पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि रू दुई अर्ब ५० करोड चुक्ता पुँजी कायम गरेको छ ।

हाल सञ्चालनमा रहेका १७ जीवन बीमा कम्पनीमध्ये एउटा र १६ निर्जीवन बीमा कम्पनीमध्ये तीनवटाले मात्रै चुक्ता पुँजी पुर्‍याएको प्राधिकरणले जनाएको छ ।

यसरी तोकिएको समयमा अधिकांश बीमा कम्पनीको चुक्ता पुँजी नपुगेपछि निर्देशिका संशोधन गरेर तीन महिना समय थप गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस