×
Lagani
Lagani Shiksha gif
चितवन–२ को मतगणना सुरू, मतदानस्थलमा तारजाली



चितवन–२ को मतगणना सुरू भएको छ । साेमबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुदेँ सहमति भए पछि चितवन–२ को मतगणना सुरु भएको हो ।

इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएकाे हाे ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्ल‌ंघन गरेको भन्दै आइतबार नेपाली कांग्रेसले मतगणनास्थलमा जान अस्वीकार गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk चितवन–२ को मतगणना सुरू, मतदानस्थलमा तारजाली

दुवैलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले साेमबार बिहान तीन बुदेँ सहमतिपछि मतगणना गर्न मञ्जुर भएकाले मतगणना सुरु गरिएको हो ।  जसअनुसार रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको विषय केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरु माथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने, प्रमुख जिल्ला अधिकारीलाई मतगणनास्थलमा उपस्थित हुन नदिनेलगायतका सहमति भएको थियो ।

चितवन–२ मा लामिछानेसहित नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।  कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ जनाइएकाे छ । जसअनुसार मतगणना स्थललाइ तारजाली घेरिएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस