×
Lagani
Lagani Shiksha gif
दोल्ती पावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरि बाँडफाँट गरिसकेको कम्पनीले आगामी चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गने भएको हो ।

Lagani Shiksha gif
sharehubapk दोल्ती पावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

कम्पनीले  १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो। जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।

अब बाकि रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयर सर्वसाधारणका लागी निस्कासन गर्न लागेको हो। उक्त आईपीओमा लगानीकर्ताले लागिन्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि  छिटोमा २०८० वैशाख ३ गते र  ढिलोमा वैशाख १२ गते सम्म आवेदन दिन सक्ने छन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीले गराएको रेटिङ्गमा कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस