MANDU 967.9 -57.1 PPL 540 -30 NICFC 8.57 0.09 SALICO 681 -11.2 HBL 175.6 -2.4 PRVU 139 -1 MKHL 408 -6 IHL 389.9 -3.1 SCB 547.9 2.9 MLBSL 1900 61 GBBL 364 -2.9 LBLD88 999 -1 ILBS 1378 38 SRBLD83 1040 0 SINDU 384.6 -5.3 HBLD83 1046 -14.8 PFL 647.1 -20.9 GVL 438 -6 HIDCL 163.1 -2.3 MMKJL 438 -9 NHDL 464 11.8 MNBBL 347 -5.9 SANIMA 242 1 NMBMF 677 32 CLI 458 -4.9 KLBSL 1000 57 NTC 830 1 MKJC 431 -14 SBID89 1001 -14 NMB50 9.26 -0.29 JFL 510 -6 NWCL 735.4 15.3 MHL 400 0 CORBL 469 2.9 RIDI 161.4 -1.4 SAPDBL 323 -4 ANLB 2188 68 CITY 588.3 -11.7 HLBSL 1060.4 96.4 GLBSL 2093 -46.3
×
सानिमा मिडिल तमोरको आईपीओमा आवेदनको ओहिरो , सेयर पर्ने सम्भावना न्यून बन्दै।



सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार फागुन २८ गते साँझ ५ बजेसम्म  ७ लाख ८२ हजार २२९ जना आवेदकहरूबाट ९३ लाख १७ हजार ६७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव १९ गुणा बढी हो।

कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासित सेयरमा यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ। त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । २०८० साल भदौ २६ गतेदेखि यस आयोजना निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस