×
Lagani
Lagani Shiksha gif
हिमालयन डिष्टिलरीको नाफा घट्यो , प्रतिशेयर आम्दानी र नेटवर्थ कति ?



हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

कम्पनीले सार्बजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस बर्ष सोही अवधिमा २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको  हो।  जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.४१ प्रतिशत कम हो।

Lagani Shiksha gif
sharehubapk हिमालयन डिष्टिलरीको नाफा घट्यो , प्रतिशेयर आम्दानी र नेटवर्थ कति ?

सो अवधिमा कम्पनीको बिक्री वितरण आम्दानी १८ प्रतिशत घटेको छ भने कुल नाफा २२.३६ प्रतिशत घटेको छ त्यस्तै अन्य सञ्चालन खर्च समीक्षा अवधिमा ४७३.७६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३४.३७ प्रतिशत घटेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६० रुपैयाँ ९५ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २४ रुपैयाँ २२ पैसा झरेको छ।

२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस