PPL 541 -19 MKCL 864.9 10 SBID89 1015 7.9 HIDCL 165.4 -0.6 NSIF2 9.45 0.1 NBF3 7.3 0 NICA 358.1 -7.4 SMATA 912 -32 MAKAR 372 -8.7 MKLB 1100 33.9 SHEL 155 -1.9 SPL 668 15 KBL 138 -2 WNLB 1372 -40 SFMF 9.91 0.28 ILI 541 -6 FOWAD 1210 10 SAGF 8.67 0.01 FMDBL 656 -10 LVF2 7.95 0 RBCLPO 10750 -48 CORBL 466.1 -8.9 DORDI 406 -6 ENL 806.6 6.5 RLFL 388.5 -4.5 TPC 480 -0.9 BHPL 547 -21.9 EBLD86 981 -6 UPCL 194.5 -4.4 LBBL 376.4 -4.6 MHCL 389.5 0.5 MKHC 309 -6.9 CBBL 835 -7.7 NFS 534 -1 RSDC 703 -13 NICGF2 7.7 0.05 HURJA 286 -4 SMH 680.1 23.1 BNHC 515 23 GBLBS 778 -26.6
×
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

फाइल फोटो



नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेकाे छ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । त्यसदिन सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो। बुधबार भने तोलामा १०० रुपैयाँले घटेको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेर सुनकाे मूल्यले नयाँ रेकर्ड राखेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।  बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस