×
Lagani
Lagani Shiksha gif
पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेको देखियो : प्रत्यक्षदर्शी



पोखरामा भएको विमान दुर्घटनामा पाइलटले  बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ ।

“विमान हल्लिँदै आयो । विमान अलि आउट अफ ट्रयाक गए जस्तो लागिरहेको थियो । हल्लिएको हो वा यस्तै हुने हो भन्ने मलाई थाहा भएन । सामान्य विश्लेषणमा विमान सीधा आउनु पथ्र्यो जस्तो लाग्छ । तर, त्यसो नभएर विमान पुरानो विमानस्थल तिर गयो । विमान गएतिर घना बस्ती थियो । अहिले यसो हेर्दा मलाई बस्ती जोगाउन पुरानो विमानस्थलतिर गए जस्तो लाग्छ । त्यही क्रममा सेतीको खाेँचमा खसे जस्तो लाग्छ । ” प्रत्यक्षदर्शीले भने।

Lagani Shiksha gif

ल्याण्ड गर्नका लागि मोडिएको विमान घनाबस्ती माथि उडिरहेको थियो ।  तर पाइलटले अर्को दुर्घटना हुन् बाट जोगाउन बस्ति बाट टाढा लाने प्रयास गरेकको बुझिएको छ।

‘विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो , एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो । ’ एक उद्धारकले भने।

अर्का एक प्रत्यक्षदर्शीका अनुसार प्लेनको पखेटा तलमाथि भएर आएको थियो । ‘हामी ३ जनासँगै थियौं । पाइलटले सेफ ठाउँ खोज्दा खोचमा खस्यो’ उनले थपे, ‘पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेर अर्को दुर्घटना जोगाउन हरसम्भव प्रयास गरेको देखियो ।’

Screenshot 2023 01 15 160118 पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेको देखियो : प्रत्यक्षदर्शी

विमानको ट्रयाकिङ्ग

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस