×
Lagani
Lagani Shiksha gif
उपभोक्ता ठगी गरेको भन्दै भाटभटेनीलाई जरिवाना।



उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटलाई रु दुई लाख ५० हजार जरिवाना गरेको छ।

प्रशासन कार्यालयका अनुसार भाटभटेनी सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको बताइएको छ।

Lagani Shiksha gif
sharehubapk उपभोक्ता ठगी गरेको भन्दै भाटभटेनीलाई जरिवाना।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा अनुगमनमा गर्दा सुपर मार्केटमा उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो। सहायक प्रजिअ कँडेलका अनुसार भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाइएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस