×
Lagani
Lagani Shiksha gif
प्रचण्ड देखेर देउवा डराउने, देउवा देखेर प्रचण्ड डराउने स्थिति आयो : चित्रबहादुर केसी



राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले  शेरबहादुर देउवा र  पुष्पकमल दाहालबीच सहमतिको विकल्प नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले भने ‘नेपाली राजनीतिमा यो नयाँ कुरा होइन । जोगी देखेर भैंसी डराउने, भैंसी देखेर जोगी डराउने भनेजस्तो प्रचण्ड र शेरबहादुर देउवा एकअर्कासँग डराइरहेको स्थिति छ । दुई वर्षपछि अविश्वास प्रस्वाव आउने, सरकार ढल्ने र मध्यावधिमा जाने डरले पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने लुछाचुँडी छ । मेरै गोरुको बाह्रै टक्का, मै पहिले हुनुपर्छ भन्दा टुंगो लाग्दैन । देशको तस्बिर सहमतिको मिलनबिन्दु खोज्नुपर्छ । अब सहमति नगरी सुखै छैन,’ ।

Lagani Shiksha gif
sharehubapk प्रचण्ड देखेर देउवा डराउने, देउवा देखेर प्रचण्ड डराउने स्थिति आयो : चित्रबहादुर केसी

‘पाँच दलीय गठबन्धन इमानदारीपूर्वक चुनावमा गएको भए स्पष्ट बहुमत आउन सक्थ्यो । अहिले केही सिट पुगेको छैन । यो सफलताको दुरुपयोग गर्नुहुन्न । दुनियाँ हँसाएर हुन्न । होचो अल्को मिलाएर मुलुक सम्हालेर लानुको विकल्प छैन । मलाई नै चाहिन्छ भनेर जिद्दी गर्नुहुँदैन ।’केसीले थपे।

उनले भने, ‘मैले को राष्टपति बन्ने भन्ने किटान गर्न सक्दिनँ । तर गैर राजनीतिक व्यक्ति बन्नुहुन्न । यसले जनतामा झन् नैराश्यता छाउँछ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस