×
Lagani
Lagani Shiksha gif
भोली देशभर सार्वजनिक विदा।



सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

उधौली पर्व र यमरी पुन्हिको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । बिहीबार किराँत समुदायले उधौली र नेवार समुदायले योमरी पुर्णिमा मनाउँदैछन् ।

Lagani Shiksha gif
sharehubapk भोली देशभर सार्वजनिक विदा।

उधौली चाड नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी किराँत समुदायले विशेष सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुल्क पूर्णिमाको दिनको यो उधौली पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली सकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ। उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ। यस्तै उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस