×
Lagani
Lagani Shiksha gif
रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट



रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदान/मतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।

बाणिज्य क्याम्पसको बुथ ज  र बुटवल १२ को चारवटा बुथमा पुनः मतगणना र मतदानको माग गरेका हुन् । उनले बिष्णु पौडेलको सपथ रोक्न र संसद जानसमेत नदिन माग गर्दै रिट दायर गरेको बताए । मतदान र मतगणनाको क्रममा धाँधली भएको उनको दाबी छ ।

Lagani Shiksha gif
sharehubapk रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छु,’ उनले भने, ‘आशा गरौं अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ ।’

मंसिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो । चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग एक हजार ३६६ मतले गणेश पौडेल पराजित भएका थिए ।

1670328776 mLb0U.jpg रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस