×
Lagani
Lagani Shiksha gif
खेल जितेपनि जर्मनी समूह चरणबाटै बाहिर



कोस्टारिकालाई ४–२ ले पराजित गरेपनि आफू अनूकुलको नतिजा निकाल्न नसक्दा जर्मनी कतार फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएको छ ।

अल बायत मैदानमा जर्मनीले आफ्नो खेलमा सोचेजस्तो नतिजा निकालेपनि स्पेन र जापानविरुद्धको खेलमा आफू अनुकूलको नतिजा निस्केन । जसमा कारण चार पटकको च्याम्पियन जर्मनीको यात्रा समूह चरणमै सिमित बन्यो ।

Lagani Shiksha gif
sharehubapk खेल जितेपनि जर्मनी समूह चरणबाटै बाहिर

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानले स्पेनलाई २–१ अन्तरले पराजित गरेपछि समूह ‘इ’ बाट आफू अनूकुल नतिजा निस्कदा दुबै टोली अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

खेलसँगै समूह ‘ई’ मा जापानले तीन खेलबाट ६ अंक जोड्दै विजेता बन्यो । समान चार अंक भएपनि जर्मनीलाई गोल अन्तरमा पछि पार्दै स्पेन उपविजेता बन्यो । तीन अंकको कोस्टारिका र जापान प्रतियोगिताबाट बाहिरिएका छन् ।

रोमाञ्चक खेलमा जर्मनीलाई जित दिलाउन काई हार्भाट्जले दुई गोल गरेका थिए । सेर्जी जिनाब्री र निक्लास फुलक्रुगले समान एक एक गोल गरे । कोस्टारिकाको लागि येलित्सन तेजेडा र जुआन पाब्लो भेर्गासले गोल गरेका थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस