×
Lagani
Lagani Shiksha gif
एमालेलाई भोट नहालेको भन्दै कुटपिट



निर्वाचनमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुबाट महोत्तरीको निगौलका जनता कुटिएका छन् ।

कुटपिटबाट ७ जना घाईते भएका छन् । महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घाट कुटपिट गरेको स्थानीयले आराेप लगाएका छन् ।

Lagani Shiksha gif
sharehubapk एमालेलाई भोट नहालेको भन्दै कुटपिट

मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन् । निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राती वस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयले बताएका हुन् ।

‘हामीलाई मार्ने उद्देश्यले नै लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतो, वडा अध्यक्ष श्याम मण्डलसहितको टोली पठाएर घरभित्र पसेर गठबन्धनमा भोट किन हालेको भन्दै खोजी खोजी कुटाइयो,’ कुटाइबाट बगेकाे रगत लागेकाे कपडा लगाएका र टाउकोमा पट्टी बाँधेका रामछविला साहले भने, ‘उपचारका गराउन अस्पताल पुगेका थियौं, त्यहि आएर पुनः कुटपिट गर्न थाले, कोही छुरा हान्देउ भन्दै थिए त कोही गोली ठोक्देउ भन्दै थिए, भाग्ने पनि मौका मिलेन चारैतिरबाट घेरेर कुटे ।’

कुटपिट गर्नेहरुको पहिचान खुलाएर प्रहरीमा पीडितले दिएको निवेदन उपरछानविन भइरहेको गौशालाका सहायक प्रहरी निरीक्षक भुवनसिं कार्कीले बताए ।

 त्रासमा स्थानीय

घटनापछि स्थानीय रातभर जाग्राम बस्ने गरेको बताएका छन् । को, कतिबेला आएर के गर्ने हो भन्ने चिन्ताले पालैपालो रातभर जागा बस्ने गरेको स्थानीय नरेश मण्डलले बताए । ‘प्रहरीबाट पनि सहयोग पाएका छैनौं, लक्ष्मी महतो समूहले यस्तो गर्दा पनि प्रहरी मुकदर्शक बन्यो,’ मण्डलले भने, ‘आपराधिक गतिविधि गर्नेहरुलाई संरक्षण गर्नेहरुसँग विश्वासै लागेको छैन ।’

मधेश प्रदेश गृहमन्त्री पनि घटनास्थलमा

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह पनि गौशालाको निगौलमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । स्थानीयसामु गृहमन्त्री साहले निगौलवासीको सुरक्षाका लागि प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिए ।

उनले भने, ‘यदि स्थानीय प्रशासनबाट पनि त्रुटी भएको रहेछ भने अपराधीलाई सहयोग गर्ने प्रहरीलाई पनि कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस