×
Lagani
Lagani Shiksha gif
आयोगले गरायो मेटा र साइबर ब्युरोलाई मिडियाको दुरूपयोग गरी भ्रम फैलाएकोबारे जानकारी



सेतोपाटी, अनलाइनखबर, नयाँ पत्रिका लगायतको मास्टहेडको दुरूपयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाएपछि निर्वाचन आयोगले मेटा र साइबर ब्युरोलाई जानकारी गराएको छ।

शनिबार आयोगले फेसबुकको कम्पनी मेटा र नेपालको साइबर ब्युरोलाई यसबारे जानकारी गराएको हो। विभिन्न मिडिया समेतको दुरूपयोग गरी ‘प्रचण्ड बाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ जस्ता समाचारका फोटोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

Lagani Shiksha gif
sharehubapk आयोगले गरायो मेटा र साइबर ब्युरोलाई मिडियाको दुरूपयोग गरी भ्रम फैलाएकोबारे जानकारी

यस्ता फोटोहरू भाइरल बनेपछि आयोगले यसबारे मेटा र ब्युरोलाई जानकारी गराएको उपसचिव कमल भट्टराईले जानकारी दिए। ‘हामीले आफ्नो च्यानलमार्फत मेटा र साइबर ब्युरोलाई जानकारी गराइसकेका छौं। उहाँहरूको पोलिसीअनुसार अघि बढ्नुहुन्छ,’ उनले भने।

यसरी भ्रमपूर्ण फोटोहरू भाइरल बनेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि आपत्ति जनाएको छ। यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न समेत माग गरेको छ। सेतोपाटीबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस