×
Lagani
Lagani Shiksha gif
चीनले पाँच वर्षमा नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता



चीनले पाँच वर्षको अवधिमा नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहायता प्रदान गरेको छ ।

चीनले उक्त सहायता आर्थिक वर्ष सन् २०१६/१७ देखि २०२०/२१ सम्मको पाँच वर्षको अवधिमा नेपाललाई उपलब्ध गरेको हो ।  अनुदान, व्याज बिनाको ऋण र सहुलियतपूर्ण ऋण शिर्षकमा चीनले उक्त सहायता प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk चीनले पाँच वर्षमा नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट पार्टनर प्रोफाइल बुक’ मा उल्लेख भए अनुसार चीनले सो अवधिमा नेपाललाई कुल ३८ करोड ४ लाख ५० हजार अमेरिकी डलरको सहायता (करिव ४९ अर्ब ८२ करोड ९ लाख ५४ हजार रुपैयाँ) उपलब्ध गरेको छ ।

पाँच आर्थिक वर्षमध्ये सबैभन्दा ठूलो सहायता सन् २०१८/१९ मा नेपालले प्राप्त गरेको थियो । सो वर्ष नेपालले १५ करोड ३ लाख ७० हजार अमेरिकी डलर सहायता चीनबाट प्राप्त गरेको थियो ।

अर्थ मन्त्रालयका अनुसार चीनले मुख्यगरी नेपालको उर्जा विकास, आर्थिक तथा प्राविधिक सहयोग, हवाई यातायात, पुनर्निर्माण र कोभिड–१९ नियन्त्रणमा आपत्कालीन सहायत गरी पाँच क्षेत्रमा ठूलो लगानी गरेको छ ।

चीनले आर्थिक वर्ष सन् २०१६/१७ मा ४ करोड १२ लाख ४४ हजार २५४ अमेरिकी डलर, २०१७/१८ मा ५ करोड ८७ लाख २७ हजार ७८ अमेरिकी डलर, २०१८/१९ मा १५ करोड ३ लाख ७० हजार ५४० अमेरिकी डलर, २०१९/२० मा ९ करोड ३० लाख २६ हजार ७८७ अमेरिकी डलर र २०२०/२१ मा ३ करोड ७० लाख ८१ हजार ६५० अमेरिकी डलर उपलब्ध गरेको थियो ।

नेपाल र चीनबीच सन् १९५६ को अक्टोबरमा पहिलोपटक आर्थिक सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत सहायता उपलब्ध गराउँदै आएको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ का दिन कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । चीनले सन् १९६० जुलाईमा काठमाडौंमा आवासिय दूतावास खोलेको थियो । नेपालले सन् १९६१ सेप्टेम्बरमा बेइजिङमा आवासिय दूतावास खोलेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस