×
Lagani
Lagani Shiksha gif
अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने।

फाइल तस्विर



बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीनदिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ ।  सोमबार विज्ञप्ति निकालेर बुद्ध एयरले आउँदो जनवरीबाट पोखरा विमानस्थल निर्माण सम्पन्न हुने जानकारी प्राप्त भएकाले त्यहाँबाट साताको तीनदिन आइतबार, मंगलबार र बिहीबार पोखरा–बनारस–पोखरा उडान गर्ने जानकारी दिएको हो ।

Lagani Shiksha gif
sharehubapk अब पोखराबाट पनि बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने।

पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने बुद्ध एयरले जनाएको छ । ‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रकृया यथाशीध्र अगाडि बढाइने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस