×
Lagani
Lagani Shiksha gif
निर्वाचन आयोगद्वारा काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई ५ हजार जरिवाना



निर्वाचन आयोगले काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ७ (२) का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा आचारसंहिता विपरीत संलग्न भएको भन्दै कात्तिक २ मा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको आयोगले  रिजाललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

Lagani Shiksha gif
sharehubapk निर्वाचन आयोगद्वारा काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई ५ हजार जरिवाना

वडाध्यक्ष रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीको आधारमा स्पष्टीकरण सोधेको थियो ।

आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस