×
Lagani
Lagani Shiksha gif
इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक , ६२ हजारले मात्रै शेयर पाउने।



इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २८ असोजदेखि निष्कासन गरेको आईपीओकाे बाँडफाँड यही शुक्रबार हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आईपीओकाे बाँडफाँड शुक्रबार हुने तय भएकाे जनाएकाे छ ।

Lagani Shiksha gif
sharehubapk इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक , ६२ हजारले मात्रै शेयर पाउने।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गरेको हो । सोमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने  १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २३३ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस