निर्वाचन आयोगले निर्वाचन शिक्षा र चुनावको प्रचारका लागि बनाएको अर्को श्रव्य दृश्य सामग्री पनि विवादमा परेको छ ।
हिन्दू धर्मशास्त्रमा आधारित महादेवले भष्मासुरलाई दिएको वरदान सम्बन्धी विषयलाई समावेश गरिएको श्रव्यदृश्य सामग्री आयोगले आफ्नो ट्वीटरबाट सार्वजनिक गरेको थियो। आयोगले सार्वजनिक गरेको श्रव्य दृश्य सामग्री अन्तर्राष्ट्रिय सर्ट फिल्म कम्पिटिसन ‘माइ रोड रिल’मा सहभागी भइसकेको हिन्दी भाषाको श्रव्यदृश्य सामग्रीसँग हुबहु मिलेको छ ।
आयोगको प्रचार सामग्रीमा भनिएको कथा र त्यसले दिने सन्देशमात्र होइन, प्रस्तुतिसमेत पर्मिला मिडिया आर्टसले बनाएको श्रव्यदृश्य सामग्रीसँग हुबहु मिलेको हो ।
आयोगले यसअघि तयार पारेको निर्वाचन सम्बन्धी गीत पनि विवादमा परेपछि आयोगले त्यो गीत आफ्नो सामाजिक सञ्जालबाट हटाएको थियो ।
आज पनि सान्दर्भिक एउटा नीतिकथा: जब शिवजीले तथास्तु भने… #NepalVotes2022 #ECN pic.twitter.com/5m0prIu6PT
— Election Commission Nepal (@ECNOfficial) October 31, 2022
















