नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कांग्रेसको स्केच चोरी गरेको आरोप लागेको छ ।
२८ असोजमा एमाले महासचिव शंकर पोखरेलले आफ्नो फेसबुकमा एउटा प्रचार सामग्री पोस्ट गरे । जसमा लेखिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली परिवर्तन सम्भव छ हाम्रै पालामा ।’ आफ्नो तस्बिरसहित पोखरेलले सार्वजनिक गरेको पोस्टरमा प्रयोग गरिएको स्केच नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–७०२४ मा जारी गरेको घोषणापत्रको कभरमा प्रयोग गरिएको स्केचसँग ठ्याक्कै मिल्छ ।
‘एउटा टिम छ हाम्रो, त्यसैले प्रचार समाग्री बनाइरहेको छ । हाम्रो प्रचार सामग्री कांग्रेसको घोषणापत्रको फोटोसंग मिलेको संयोग हुन सक्छ । टिमलाई थाहा नभएर कांग्रेसको जस्तै भएको हुनसक्छ’ पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले भने।
कांग्रेसले पाँच वर्ष अगाडि घोषणापत्रमा प्रयोग गरेको स्केच महासचिव पोखरेलले जारी गरेको निर्वाचन लक्षित पोस्टरमा देखिएपछि सामाजिक सञ्जालमा स्केच चाेरी गरेकाे आरोप लाग्न थालेको हो ।
हाल भने उनले त्यो पोस्ट फेसबुकबात हटाएका छन्।
















