×
Lagani
Lagani Shiksha gif
नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो

Stock market electronic board with alot of numbers



सेयर बजार सोमबार सुस्त बनेको छ ।

यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि घटेको छ ।  सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा बन्द भएको छ । ५१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो

सोमबार २१९ कम्पनीको १६ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सूचीकृत आधा समूहको सूचक घटेको छ भने आधाको बढेको छ । होटल समूह ०।४१ प्रतिशत बढेको छ । बैंकिङ समूहको सूचकमा सोमबार पनि सुधार भएको छ ।

दुई करोड ७९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । विगत केही दिनदेखि कारोबार रकममा नबिल बैंक शीर्ष स्थानमा रहँदै आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र रिडी हाइड्रोपावर परेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस