×
Lagani
Lagani Shiksha gif
नेपालकै अरबपति विनोद चौधरी भोट माग्दै जनाताको झुपडीमा !



आउँदो मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी मैदानमा रहेका नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरी भोट माग्न हिडेका छन्।

उनि आगामी निर्वाचनका लागि नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका हुन्। सामाजिक सञ्जाल फेशबुकमा आफ्नो धारणा राख्दै चौधरीले जनताको सुख/ दुःखमा हातेमालो गर्दै भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्ने आफ्नो धोको रहेको सुनाएका छन् ।

Lagani Shiksha gif
sharehubapk नेपालकै अरबपति विनोद चौधरी भोट माग्दै जनाताको झुपडीमा !

उनको तस्बिर शेयर गर्दै ज्वाला संग्रौला लेख्छिन ” चुनाब मिलनको एउटा यस्तो केन्द्रबिन्दु हो जस्ले चौरासी ब्यन्जन खाएर बाचेका अरबपति र २ छाक भात खात मुस्किलले खाएर बाचेका गरिबलाई झुपडि , गल्ली , चोक, गोठ र खेतहरुमा अचम्म तरिकाले भेट गराइदिन्छ! 😏

नेपालकै अरबपति उनि चुनावको बेला जनाताको झुपडीमा मत माग्न जादा धेरैले व्यंग्य गरेका छन्। चुनाव यस्तो चिज हो जसले अर्बपतिलाई पनि माग्ने बनाउछ।

उनि लेख्छन ”

जिन्दगीको..
कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका
उपलब्धिहरु सजिला थिएनन् !

दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे !

जुन देशको पानी पिँए
जुन देशको माटोमा टेकेर म उभिँए
जुन देशको शितल हावा पिएर म बाचेँ

आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,
पिँएको पानीको मुल्य चुकाउनु छ !
टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ!
बिकास र समृद्धिको बतास देश भर वहाउनु छ,

आज म जुन धरातलमा उभिँएको छु
उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ !

जनताको सुख:दुखमा हातेमालो गर्दै
भोलि उदाँउने घामका नौला किरण धर्तीमा
ठोकिनु अघिनै देशको मुहार फेर्नु छ !”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस